एमालेलाई गठबन्धनको कुनै जरुरत छैन् : उपाध्यक्ष विष्णु पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई कुनै बाम गठबन्धनको आवश्यकता नरहेको बताएका छन्।
रिटर्नी फेडरेसन नेपालको लुम्बिनी प्रदेश स्तरीय भेलालाई शनिबार बुटवलमा सम्बोधन गर्दै पौडेलले गठबन्धन बनाउने नाममा कुनै पनि नेतालाई प्रधानमन्त्री प्रस्ताव नगर्ने भन्दै एमालेलाई गठबन्धन बनाउन कुनै आवश्यक नभएको प्रष्ट परेका हुन्।पौडेलले केही दलका नेताले आफूलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै कांग्रेससँग बार्गेनिङ गरिरहेको जिकिर गरे। पौडेलले नेकपाको दुईतिहाईको सरकार गिराएर विपक्षीको शरणमा जानेहरुलाई प्रधानमन्त्री स्वीकार गरेर गठबन्धन गर्ने कुराको कुनै तुक नभएको बताए।
उनले स्थानीय तहको निर्वाचनमा मतको हिसाबले अहिले पनि एमाले पहिलो दल बनेको दाबी गर्दै आगामी निर्वाचनमा एमाले मत र सिटको हिसाबले पनि पहिलो दल बन्ने ठोकुवा गरे ।