जुन २३ देखि नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
नेपाल-अमेरिका फिल्म फेस्टिभल २०२२ भौतिक र भर्चुअल दुवै रुपमा आयोजना हुने भएको छ । फेस्टिभलको लाइनअप सार्वजनिक गर्दै जुन २३ देखि २६ सम्म फेस्टिभल हुने जनाइएको छ । फेस्टिभलमा विक्रम सापकोटा निर्देशित नेपाली फिल्म ‘हल्कारा’ को प्रिमियर हुनेछ । यस्तै, माइकल ब्राउन निर्देशित ‘ब्रिक म्युल’ प्रदर्शन हुनेछ ।
यो संस्करणमा अनुप सुवेदी, नीना स्ट्रेइच, रेबेका बस्टमेइन्टी, फरिद बोजोगमेर, पोर्सिया कोब र डेब्राह जोनस जुरीको रुपमा रहनेछन् । फेस्टिभल अवधिभर फिल्मलाई अनलाइन प्लेटफर्ममा समेत हेर्न पाइनेछ ।फेस्टिभलमा १२ मुलुकका छोटा र फिचर फिल्म प्रदर्शन हुनेछन् । फेस्टिभल अन्तर्गत फिल्म निर्माता, कलाकार र निर्देशकसँग भर्चुअल छलफल समेत हुने जनाइएको छ ।