फिल्म ‘झिँगेदाउ’को सुटिङ अन्तिम चरणमा
ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘झिँगेदाउ’को सुटिङ अन्तिम चरणमा पुगेको छ। कोरोना महामारीअघि नै अधिकांश सुटिङ सकिएको थियो। यस फिल्मको एक गीत बिहीबार सुटिङ गरेर सकिएको निर्देशक देउजाले जानकारी दिए। प्रि–प्रोडक्सनको काम भने सम्पन्न भइसकेको छ।
केही दिनयता देउजाले ललितपुरस्थित श्रीकारी चौरमा बाँकी रहेको सिनेमाको एक गीत सुटिङ गरिरहेका थिए। त्यो पनि बिहीबार सकिएको छ। निर्देशक देउजाले फिल्मको उक्त गीत सुटिङका लागि मात्रै १५ लाख बढी रकम खर्च भएको जानकारी दिए। उक्त सिनेमा भदौ अन्तिम सातादेखि प्रदर्शनमा आउने भएको छ।