शेयर बजारको समस्या समाधानका लागि पहल गर्न माग गर्दै ज्ञापनपत्र
शेयर बजारको समस्या समाधानका लागि पहल गर्न माग गर्दै लगानीकर्ताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।आइतवार नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको नेतृत्वमा शेयर लगानीकर्ताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका छन् । प्रधानमन्त्रीसँग भेटवार्ता गरी उनीहरूले ४ बुँदे माग समेत पेश गरेका हुन् ।
शेयर धितो कर्जामा लगाइएको ४ १२ को क्याप पूर्ण रूपमा खारेज गर्ने, सीसीडीलाई सीडीमा कायम गरिएकोमा यसलाई खारेज गरी पूनः सीसीडी नै कायम गर्ने, भारित औषत दर १५० लागू गर्ने निर्णय भएकोमा सो निर्णय खारेज गरी पूरानै भारित औषत दर १०० कायम गर्ने, पूँजी बजारलाई ७ प्रदेश र ७७ जिल्लामा विकास र विस्तार गर्न बैंकलाई ब्रोकर लाइसेन्स दिने लगायतका माग समावेश गरिएको ज्ञापनपत्र प्रधानमन्त्री देउवालाई बुझाइएको हो ।