एकीकृत समाजवादीद्वारा मन्त्री हेरफेर,चार नयाँलाई अवसर


नेकपा एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम सिफारिस गरेको छ । आइतवार बसेको उक्त पार्टीको सचिवालय बैठकले मन्त्री फिर्ता बोलाउने र नयाँ सिफारिस गर्ने निर्णय भएको एकीकृत समाजवादीका नेता डा. विजय पौडेलले जानकारी दिए ।

सचिवालय बैठकले यसअघिका सबै मन्त्रीलाई फिर्ता बोलाएको छ । नयाँ मन्त्रीको जिम्मेवारीमा जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम, भवानी खापुङलाई स्वास्थ्य, मेटमणि चौधरी शहरी विकास र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको नेता पौडेलले जानकारी दिए ।

सरकारमा सहभागी स्वास्थ्य मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटन मन्त्री प्रेम आले र श्रम तथा रोजगार मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाइएको छ ।

खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए भने कुँवर राष्ट्रिय सभाका पूर्व सदस्य हुन् । सांसद नरहेका व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था अनुसार कुँवर मन्त्रीमा सिफारिस भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *