लोसपाको बैठकमा यी तीन एजेन्डामा छलफल हुने
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को जारी राष्ट्रिय कार्यकारिणी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा कुन दलसँग तालमेल गर्ने र सरकार-लोसपा सम्बन्ध कस्तो राख्नेलगायत एजेन्डामा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले बताए ।बैठकमा निर्वाचनबारे जिल्ला जिल्लाबाट रिर्पोटिङ भइरहेको छ । बैठक शानिबारदेखि सुरु भएको हो । लोसपा अध्यक्ष महन्थ ठाकुरले बैठकमा शनिबार स्थानीय निर्वाचन निष्पक्ष नभएको आरोप लगाएका थिए ।
पार्टीले सन्तोषजनक परिणाम निर्वाचनमा ल्याउन नसक्नुको कारण एकातिर निष्पक्ष निर्वाचन भएको र पार्टी संगठन विस्तार गर्न कोरोनाका कारण सम्भव नभएको बताएका थिए ।
हाल लोसपा सरकारमा जाने चर्चा सुरु भएको छ । स्थानीय तहमा ठूलो भएको दल नेपाली कांग्रेससँग ‘लोकतान्त्रिक गठबन्धन’ बनाउन लोसपाले चाहेको छ ।