सिटिजन्स बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्री खुला


सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १८ हजार ८४३ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता रू. १५० मूल्य तोकेर उक्त शेयर विक्रीको लागि गोप्य शिलबन्दी बोलपत्र माग गरेको हो ।

यस अघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा आवेदन नपरेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि यो शेयर जारी गरिएको हो । इच्छुक खरीद कर्ताहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा निवेदन दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *