रिलिज अघि फिल्म ‘बिक्रम’ले कमायो २०० करोड भारतीय रुपैयाँ
दक्षिण भारतीय सिनेमाका सुपरस्टार कमल हसन चार वर्षपछि ठूलो पर्दामा फर्किँदैछन्। बलिउड फिल्ममा पनि काम गरिसकेका उनको नयाँ फिल्म ‘बिक्रम’ जुन ३ मा रिलिज हुँदैछ। सो फिल्मले रिलिज अगाडि नै २०० करोड भारतीय रुपैयाँ कमाइसकेको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।
लोकेश कंगराजको निर्देशनमा बनेको फिल्मले स्याटलाइट अधिकार र ओटीटी सम्झौताबाट नै रिलिज अघि २०० करोड रुपैयाँ संकलन गरेको हो।
एक्सन जनरामा निर्माण भएको फिल्ममा कमलसँगै विजय सेतुपति, शिवानी नारायण लगायतका कलाकारको अभिनय पनि रहनेछ।