चुनावको मितिबारे आन्तरिक छलफलमा आयोग, सकेसम्म एकै चरणमा चुनाव


प्रतिनिधि सभा चुनावबारे सत्ता गठबन्धनमा छलफल थालिएकै बेला निर्वाचन आयोगले पनि आन्तरिक छलफल थालेको छ । आयोगले सकेसम्म एकै चरणमा चुनाव गर्नेगरी आन्तरिक गृहकार्य थालेको हो ।
गठबन्धनका दलहरुबीच कात्तिक अन्तिम साता या मंसिर दोस्रो साताभित्र चुनाव गर्नेगरी छलफल भइरहेको छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस भित्रपनि चुनावको मितिबारे छलफल चलिरहेको छ ।
सरकारसँग औपचारिक प्रस्ताव गर्नुअघि निर्वाचन आयोग मितिबारे आन्तरिक छलफलमा जुटेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले चुनावको मितिबारे गृहकार्य भइरहेको बताए । स्थानीय तहको चुनाव एकै चरणमा सम्पन्न भएकोले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव पनि एकै चरणमा गर्न आयोग सक्षम रहेको उनले बताए ।
‘सरकारले सुरक्षाको भरपर्दो प्रवन्ध गरेमा एकै चरणमा चुनाव गर्नेगरी आयोगले आन्तरिक छलफल गरिरहेको छ’ थपलियाले लोकान्तरसँग भने, ‘स्थानीय तहको चुनावको जस्तो सुरक्षाले पुग्दैन ।’ थपलियाले मंसिर १५ अगावै चुनाव गर्न आयोग तयार रहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *