रोल्पा कारागारमा कैदी आत्महत्याको अनुसन्धान गर्न समिति गठन


रोल्पा कारागार कार्यालयमा गत जेठ ४ गते कैदी सुन्दर हरिजनले झुण्डिएर आत्महत्या गरेको घटनाबारे स्थलगत अध्ययन तथा अनुसन्धान गर्न छानबिन समिति गठन भएको छ ।

गृह मन्त्रालयले मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।समितिलाई काम सुरु गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रिस्तरीय निर्णयबाट कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराईले जानकारी दिए ।

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *