१३ जिल्लामा रिक्त रहेको युवा समिति अध्यक्षमा भयो पदपूर्ति को कहाँ बने अध्यक्ष ?


राष्ट्रिय युवा परिषदले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेको छ । सोमबार युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदका अध्यक्ष महेश्वर गहतराज (अथक) को अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लाको रिक्त पदपूर्ति गरेको हो ।

राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति अन्तर्गत बिभिन्न कारणले खाली भएका जिल्लाहरुमा परिषद ऐनको दफा ११ को उपदफा २ (क) बमोजिम अध्यक्ष नियुक्त गरीएको हो ।

नियुक्त हुनेहरुमा हिक्मत बहादुर शाही -दैलेख, सुजन राइ -सोलुखुम्वु, पासाङ निमु शेर्पा-संखुवासभा, चेत प्रसाद बोलखे-रौतहट, टिका भुर्तेल -नवलपुर,सुजन लिम्बु-ताप्लेजुङ्, समिक शेरचन-मुस्ताङ, युवराज दाहाल -झापा, आविस्कार क्षेत्री-स्याङ्जा, भक्त बहादुर थापा-बर्दिया, नवराज कार्की-मुगु, सञ्जय कुमार दास-सप्तरी र चक्र बहादुर रावल-जुम्ला रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *