इङ्लिस प्रिमियर लिगको उपाधि म्यान्चेस्टर सिटीलाई


म्यान्चेस्टर सिटीले यो सिजन इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ । घरेलु मैदान इत्तेहाद स्टेडियममा एस्टन भिल्लालाई ३-२ गोलअन्तरले पराजित गर्दै सिटीले उपाधि उचालेको हो ।

पहिलो हाफको ३७ औं मिनेटमा म्याटी क्याशको गोलबाट एस्टन भिल्लाले खेलमा अग्रता लिएको थियो । दोस्रो हाफको ६९ औं मिनेटमा फिलिपे कोटिन्होले गोल गर्दै एस्टन भिल्लाको अग्रता २-० पुर्‍याए ।तर दोस्रो गोल खाएको सात मिनेटपछि सिटीका इल्काए गुन्डुवानले गोल गर्दै एस्टन भिल्लाको अग्रता २-१ मा झारे । त्यस्तै, त्यसको दुई मिनेटपछि सिटीका रोड्रीले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।

तर खेलको ८१ औं मिनेटमा गुन्डुवानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३-२ को जित दिलाए ।

यससँगै सिटीले समग्र ३८ खेलबाट ९३ अंक बटुल्दै यो सिजनको प्रिमियर लिगको उपाधि जितेको छ । दोस्रो भएको लिभरपुलको भने सिटीको भन्दा एक अंक कम छ ।

त्यस्तै यो सिजन सिटी र लिभरपुलसँगै चेल्सी र टोटनह्यामले युएफा च्याम्पियनसिप खेल्ने भएका छन् । यता बर्नली, वाटफर्ड र नर्विच सिटी पुछारमा रहँदै रेलिगेसनमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *