एक आपसमा गाभिदै तीन निर्जीवन बीमा कम्पनी


थप तीन निर्जीवन बीमा कम्पनीहरु एक आपसमा गाभिने भएका छन्। नियामक बीमा समितिले तोकेको चुक्तापुंजी साढे दुई अर्ब पुर्याउनलाई हकप्रदको बाटो झन्डै बन्द भएपछि यी तिन निर्जीवन बीमा कम्पनीहरु पनि मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएका हुन्।

बिजपाटीलाई प्राप्त जानकारीअनुसार आइएमई जेनेरल, प्रुड़ेन्शियल र नेपाल इन्स्योरेन्स मिलेर नयाँ निर्जीवन बीमा कम्पनी बन्ने तयारीमा रहेका छन्। यी तीनवटै कम्पनीका संचालकहरुबीच मर्जर तथा प्राप्तिमा जानेबारे करिब करिब सहमती जुटिसकेको छ।

नेपाल इन्स्योरेन्सको चुक्तापुंजी १ अर्ब २४ करोड रहेक ओछ भने आईएमई जेनेरलको १ अर्ब १५ करोड र प्रुड़ेन्शियल इन्स्योरेन्सको चुक्तापुंजी १ अर्ब २ करोड रहेको छ। यी तिनवटै कम्पनीको चुक्तापुंजी जोड्दा करोड ३ अर्ब ४२ करोड नाघ्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *