सात जिल्लाका विभिन्न मतदानस्थलमा मतदान कार्य अवरुद्ध : आयोग


निर्वाचन आयोगले देशभर सात जिल्लाका विभिन्न मतदानस्थलमा मतदान कार्य अवरुद्ध भएको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सामान्य विवाद भएपछि मतदान कार्य अवरुद्ध भएको हो । दोलखा, रामेछाप, सर्लाही, सप्तरी, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा मतदान अवरुद्ध भएको उनले जानकारी दिए ।

ती स्थानमा मतदान कार्य पुनः सुरु गर्ने प्रयास भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *