निर्वाचन आयोग भन्छ, मनोनयन फिर्ता गराउन धम्की नदेउ
निर्वाचन आयोगले स्थानीय निर्वाचनमा उमेवारी दिएकाहरुको उमेदवारी फिर्ता लिन डर, धाकधम्की र धरपकड नगर्न आग्रह गरेको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दैै त्यस्तो कार्य नगर्न आग्रह गरेका छन् । वैशाख ३० गते हुने निर्वाचनका लागि उमेदवारी फिर्ता लिन शुक्रबार साँझ ५बजेसम्मको समय दिइएको छ । हाल गठबन्धनलगायत दलहरुले बागी उमेदवारलाई उमेदवारी फिर्ता लिन दबाब दिइरहेका छन् ।