दुवईबाट ल्याएको २ किलो सुनसहित विमानस्थलबाट समातिए ५ जना


दुबईबाट बिहीबार अवैधरुपमा काठमाडौं पुगेको दुई किलो ३३२ ग्राम सुनसहित पाँचजना पक्राउ परेका छन् । सुन तस्करी र ओसारपोसारमा सरसफाईमा संलग्न कर्मचारी संलग्न रहेको पाइएको छ ।

प्रहरीका अनुसार दुबईबाट काठमाडौं आएको हिमालय एयरको विमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रालिमार्फत सरसफाई गर्न ड्यूटीमा खटिएका २८ वर्षीय भीम कुमार माबोले जहाजको शौचालयभित्र फोहरसँगै रहेको सुनको विस्कुटहरु बाहिर ल्याई फोहोर जम्मा गर्ने स्थान पुर्याएको खुलेको छ ।बाहिर ल्याइसकेपछि माबोसँगै काम गर्ने २७ वर्षीय सुमन तामाङलाई बोलाई फोहोरसँगै रहेको सुनको बिस्कुटहरु बाँडी आ–आफ्नो मनि पर्सभित्र लुकाएका थिए ।

सोही पर्स लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फलामे गेट भएर बाहिर निस्किने क्रममा उनीहरुका सामान मेसिनबाट जाँच गर्ने क्रममा भीम कुमार माबोले बोकी आएको मनी पर्सभित्र टेपले बेरिएको सुनका १० थान बिस्कुट फेला परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *