करिब ५० प्रतिशत घट्यो नाडेप लघुवित्तको नाफा
नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गत वर्षभन्दा ४९ दशमलव ९८ प्रतिशत कम खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ११ करोड ३७ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ६९ लाखभन्दा बढी मात्र खुद नाफा गरेको हो ।
गत वर्षको तुलनामा यस वर्ष सम्भावित जोखिम शिर्षकमा ५४ दशमलव ९८ प्रतिशत बढी रकम छुट्याएकाले पनि यस वर्ष कम्पनीको सञ्चालन नाफा ५१ दशमलव २० प्रतिशत घटेको छ । कम्पनीले यस वर्ष सम्भावित जोखिम शिर्षकमा रू. ६ करोड ६९ लाखभन्दा बढी रकम छुट्याएको हो । गत वर्ष यो रकम रू. ४ करोड ३२ लाखभन्दा बढी थियो ।
२० प्रतिशत बोनस शेयर मार्फत यस वर्ष चुक्तापूँजी बढाएर रू. ४८ करोड ५७ लाख ६० हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि ३ दशमलव ४० प्रतिशत बढेर रू. ३३ करोड ७९ लाखभन्दा बढी कायम भएको छ । कम्पनीले गत वर्षभन्दा २ दशमलव ५२ प्रतिशत बढी रू. २ अर्ब १२ करोड ७४ लाख कर्जा सापटी लिएको छ । गत वर्षभन्दा १३ दशमलव ८६ प्रतिशत बढी रू. १ अर्ब ७१ करोड ८७ लाख निक्षेप संकलन गरेको कम्पनीले ११ दशमलव ६५ प्रतिशत बढी रू. ४ अर्ब ८७ करोड ११ लाख कर्जा प्रवाह गरेको छ ।
गत वर्ष ५ दशमलव ७४ प्रतिशत रहेको निष्क्रिय कर्जा यो वर्ष ४ दशमलव ९२ प्रतिशतमा झरेको छ ।