बिलासी वस्तुको आयातमा सरकारले लगायो प्रतिबन्ध


सरकारले बिलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । सरकारले राजपत्रमा सूचना जारी गर्दै २०७९ असार मसान्तसम्मलाई विभिन्न बिलासीका वस्तु आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो ।

विदेशी मुद्राको संचिति घट्न थालेसंगै उच्च व्यापार घाटा भएपछि सरकारले आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको जनाईएको छ ।

राजपत्रमा प्रकाशित सूचना अनुसार मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जिप, कार र भ्यानहरु, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल सबै प्रकारका खेलौनाहरु र खेल्ने तास आयातमा रोक लगाइएको छ । त्यस्तै, कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा आयातमा पनि रोक लगाईएको छ ।

वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि यो प्रतिबन्ध लागू नहुने सूचनामा भनिएको छ । यसअघि राष्ट्र बैंक वाणिज्य बैंकहरुलाई मौखिक निर्देशनमार्फत बिलासीका वस्तुहरु आयातमा रोक लगाउन निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *