द्वन्द्वपीडित शिक्षक व्यवस्थापनका लागि निवेदन माग
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले द्वन्द्वपीडित शिक्षक व्यवस्थापनका लागि निवेदन माग गरेको छ ।
मन्त्रिपरिषद्को गएको फागुन १६ गतेको निर्णयानुसार पुनर्बहाली, हाजिरी, निवृत्तिभरण तथा उत्पादन र एकमुष्ट आर्थिक सुविधा पाउनका लागि निवेदन माग गरिएको हो । केन्द्रले सोमबार सूचना प्रकाशित गर्दै ३५ दिनभित्र तोकिएको ढाँचामा विवरण भरी निवेदन पेस गर्न भनेको छ ।
३५औँ दिनमा सार्वजनिक बिदा पर्न गए त्यसको भोलिपल्ट समेत निवेदन दिन सकिनेछ ।