यस्तो छ स्थानीय तह निर्वाचनको कार्यक्रम तालिका
निर्वाचन आयोगले स्थानीय तह चुनावको कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले सार्वजनिक गरेको तालिकाअनुसार स्थानीय तहको निर्वाचन कार्यक्रम वैशाख ११ गतेदेखि सुरु हुँदैछ ।वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिइएको छ ।
उम्मेदवारको अन्तिम नामावली भने वैशाख १६ गते प्रकाशन गरिने आयोगले जनाएको छ ।
यस्तो छ स्थानीय तह चुनावको कार्यतालिका
वैशाख ११ र १२ गते: उम्मेदवारको मनोनयन दर्ता
वैशाख १२ गते : मनोनयन पत्रको सूची प्रकाशन
वैशाख १३ गते : उम्मेदवारको विरोधमा उजुरी दिने
वैशाख १४ र १५ गते: मनोनयन पत्र जाँच तथा निर्णय गर्ने
वैशाख १५ गते : उम्मेदवारको नामावली प्रकाशन
वैशाख १६ गते : उम्मेदवारले नाम फिर्ता लिने
वैशाख १६ गते : उम्मेदवारको अन्तिम नामावली प्रकाशन
वैशाख १७ गते : उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान
वैशाख ३० गते : मतदान