पोखरा महानगरको प्रमुखका लागि प्रदेश कानुनमन्त्री थापाको पनि उम्मेदवारी


गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले पोखरा महानगरपालिकाको प्रमुख पदका लागि उमेदवारी दिएका छन् । उनले महानगरको प्रमुख बन्न पार्टीमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन् ।कांग्रेस पोखरा महानगर समितिले शनिबारदेखि आइतबार अपराह्न ४ बजेसम्म महानगर प्रमुखमा इच्छुकहरूलाई उमेदवारी दर्ता गराउन निर्देशन जारी गरेको थियो ।

सोही निर्देशनानुसार हालसम्म १३ जनाले नगरप्रमुखका लागि पार्टीभित्र उमेदवारी दर्ता गराएका छन् । मन्त्री थापाले १२औँ नम्बरमा उमेदवारी दर्ता गराएका हुन् ।कांग्रेस पोखरा महानगर समितिका सचिव गणेशबहादुर थापाका अनुसार प्रमुखका लागि सुदीपमोहन भट्टराई, डा.परमेश्वर पोखरेल, निर्मलप्रसाद कर्माचार्य, कृष्णबहादुर केसी, बाबुराम आचार्यले उम्मेदवारी दिएका छन ।
यस्तै, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्च्छे, विश्वशंकर पालिखे, किशोरदत्त बराल, विन्दुकुमार थापा र बाबुराम गिरीले आवेदन दिएको थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *