आफ्नो क्षमताभन्दा धेरै सिट खोज्ने दलसँग सहकार्य नहुन सक्छ : विश्वप्रकाश शर्मा


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने बताएका छन् ।

नेपाली कांग्रेस ठोरी काठमाडौँ सम्पर्क समितिले  शनिबार गरेको बृहत् कार्यकर्ता भेलामा महामन्त्री शर्माले कांग्रेसले स्थानीय तहको निर्वाचनमा स्थानीयस्थिति र आवश्यकतालाई हेरेर तालमेल गर्ने बताएका हुन् ।उनले गठबन्धनमा आफ्नो क्षमताभन्दा धेरै सिट खोज्ने दलसँग सहकार्य नहुने पनि स्पष्ट पारे ।महामन्त्री शर्माले कांग्रेस कमजोर शक्ति नभएको बताउँदै आगामी तीनवटा सरकार कांग्रेसले चलाउने गरी कांग्रेस अगाडि बढ्ने पनि बताए ।उनले कांग्रेस भाषणभन्दा काममा लाग्ने बताउँदै आगामी निर्वाचनमा काठमाडौँ महानगरपालिकामा कांग्रेसले जित्ने दाबी गरे ।

भेलामा कांग्रेस नेता एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो शक्ति बनाउनका लागि युवा लाग्नुपर्ने बताए ।

उनले दबाबका आधारमा गठबन्धन नहुने स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *