भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक बिस्का जात्रा सुरु
भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध बिस्का जात्रा आइतबारबाट सुरु भएको छ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा साँझबाट सुरु भएको हो ।
जात्रा तौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पुर्याएर भैरवनाथको रथ तानातान गरी सुरु गरिने जात्रा आठ रात नौ दिन मनाइन्छ ।
काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई राखेर पाँचतले मन्दिर प्रांगणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ ।
रथ तान्नुअघि भैरवनाथको विधिवत पूजा गरी रथमा खड्ग, तरबार, निशान राख्ने गरिन्छ । रथको अगाडि भागमा पाँच र पछाडि चारवटा लामा डोरी राखिएको हुन्छ ।