एकीकृत समाजवादीले बनायो मूल निर्वाचन परिचालन कमिटी
नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनका लागि निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा एक हजार एक सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको हो ।समितिमा केन्द्रीय कमिटी, तीन वटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरू, केन्द्रीय परिषद् सदस्यहरू, प्रदेशका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, जनसंगठनका केन्द्रीय पदाधिकारीलाई समेटिएको छ ।
२६ र २७ चैतमा बसेको पार्टीको २० औँ केन्द्रीय सचिवालय बैठकले महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवायलसमेत गठन गरेको छ ।