दीपेन्द्र के खनालको निर्देशनमा बन्ने भो ‘के घर के डेरा’
नेपाली फिल्मका कलाकारहरुमा आफुले पाएको भूमिकालाई जीवन्त बनाउने कलाकार हुन्, दयाहाङ राई र विपिन कार्की अझ, यी दुई एकसाथ फिल्ममा आउने भएपछि चर्चा नबढ्ने कुरा नै भएन ।
सिंगे लामाको निर्माण तथा सुव्रत राज आचार्यको निर्देशनमा तयार हुने भन्दै २ बर्ष अगाडि फिल्म ‘के घर के डेरा’ को घोषणा भएको हो ।फिल्मका टिमले गर्दा यो फिल्मबाट आशावादी हुने धेरै ठाउँ थिए । फिल्ममा दया र विपिनसँगै वर्षा राउत पनि रहने भएपछि राम्रै चर्चा भयो । यद्दपी फिल्म अब बन्न अन्यौलता छ । कोरोना भाइरसको महामारीका कारण छायांकनमा ढिलाई भएको फिल्मका निर्देशक सुव्रत आचार्यले हात झिकिसकेका छन् ।निर्देशक सुव्रतले केहि साता अगाडी मात्र चलचित्र विकास बोर्डमा आफू फिल्मसँग नरहेको लिखित रुपमै जानकारी गराइसकेका छन् ।
यसका साथै निर्माता सिंगे लामाले पनि फिल्म छाडेको चर्चा चलेको छ । यद्दपि फिल्मलाई अब दीपेन्द्र के खनालले निर्देशन गर्ने भएका छन् । दीपेन्द्र निर्माता रहेको फिल्म परस्त्रीको छायांकन सकिएपछि उनि ‘के घर के डेरा’मा जोडीने फिल्मका एक सदस्यले बताए ।