ओलीको बोली झन् कडा, नेकपा विवाद बढ्दै
काठमाडौँ, । सत्तारुढ नेकपाको बैठकमा शनिबार नेकपा अध्यक्ष के पी वली रन्किए । उनले कडा कडा शब्दको प्रयोग गरेका थिए। उनले भनेका थिए ममाथि बल प्रयोग भइरहेको छ, बहुमतको बल । यो मलाई मान्य छैन,’।
झण्डै चार घण्टासम्म चलेको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बैठकअघि साझा प्रस्ताव बनाउन मेहनत गर्नुपर्नेमा जोड दिए। धेरै बल प्रयोग नगरौं , प्रचण्डको अभियोगपत्रमा छलफल हुनै सक्दैन । यसलाई लिएर गएर स्थायी समितिको बैठक भोलि बस्न सक्दैन ।’
अध्यक्ष ओलीले सचिवालय बैठकमै सहमति गरेर जानुपर्नेमा जोड दिएका थिए ।स्थायी समितिमा आफूविरुद्ध उनकै शब्दमा ‘गालीगलौज र रत्यौली नाचिने’ भएकोले आफू नआउने उनले प्रष्ट पारिसकेका छन् । ओलीको कडा बोली र चेतावनीका बीच प्रचण्डले आइतबारको बैठक घोषणा गरिदिए र प्रवक्ता नारायणकाजी श्रेष्ठले सोही कुरा सञ्चारमाध्यममा जानकारी दिएका थिए ।