टी २० सिरिज :पहिलो खेलमा अस्ट्रेलिया पराजित


टी २० सिरिज अन्तर्गत आज भएको पहिलो खेलमा भारतले जित निकालेको छ। क्यानबेरा स्टेडियममा भएको खेलमा भारतले अस्ट्रेलियामाथि ११ रनको जित निकालेको हो।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेटको क्षतिमा १६१ रन बनाएको थियो ।
आक्रामक सुरुआत गरेपनि लगातार विकेट गुमाएपछि दबाबमा आएको अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३५ रन बनाए।
टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। भारतका लागि केएल राहुलले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५१ रन बनाए। रबीन्द्र जडेजाले अभिजित ४४ रन बनाउँदा सञ्जु सामसनले २३ रन तथा हार्दिक पाण्ड्याले १६ रन बनाए।

उता अस्ट्रेलियाका लागि मोइसेस हेनरिक्सले सर्वाधिक ३ विकेट लिँदा मिचेल स्टार्कले २ विकेट र एडम जाम्पा र मिचेल स्वीपसनले समान १र१ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *