जब किसानले सडकमै हवन शुरु गरे


भारतमा किसानहरुले आन्दोलन शुरु गरेको १० दिन भएको छ । आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने किसानहरुले बताएका छन् ।
यसैबीच शुक्रबार किसानले कृषि कानुन खारेजीको माग गर्दै सडकमै हवन शुरु गरेका छन् । चौतर्फी दवावका लागि सडकमै हवन शुरु गरेको आन्दोलनरत किसानले बताएका छन् ।

हवनका लागि युवतीलाई साथमा राखेका छन् । त्यसको चारैतर्फ हवन सामग्री राखिएको तस्वीरमा देख्न सकिन्छ । यसैबीच आन्दोलनलाई उग्र रुप दिन किसानले सडकमै खाने, त्यही सुत्न शुरु गरेका छन्।सरकारले किसानहरुलाई संयमित रहन् आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *