फिल्म ‘सरी मम्’को छायाङ्कन सुरु
फिल्म ‘सरी मम्’को छायाङ्कन सुरु भएको छ। बिहीवार भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको छ।
क्यामेरा पूजा गर्दै थालिएको छायाङ्कन अभिनेत्री सरीता लामिछाने र प्रभात पलले मुहूर्त सर्ट दिएका थिए। विनोद लामाको प्रस्तुतिमा निर्माण हुने फिल्ममा सरीता र प्रभातका अलवा सरोज खनाल, विजय लामा, एलिस राई, विहान श्रेष्ठ, रेजिना मगर, युनिषा बजगाई र प्रविल कटुवालको अभिनय रहने छ।
फिल्मको सम्पूर्ण छायाङ्कन वाग्मती र गण्डकी प्रदेशमा गरिनेछ। ३० दिनको छायाङ्कन सेड्युल राखिएको फिल्ममा दीर्घ गुरुङको छायाङ्कन रहनेछ।
एनएफआई क्रियसनको ब्यानरमा निर्माण हुने फिल्ममा नवीन बोगटीले निर्देशन गर्नेछन्। उनले यसै फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका हुन्।