पार्टी विस्तार देखेर ‘वैरीहरूले मानसिक सन्तुलन’ गुमाउन थाले : माधवकुमार नेपाल


नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको विस्तार देखेर विरोधीहरू आत्तिन थालेको बताएका छन् ।
“हाम्रो पार्टीको विस्तार देखेर वैरीहरु आत्तिएका छन् । आत्तिएर उनीहरूले मानसिक सन्तुलन गुमाउन थालेका छन् । जब मान्छेको मानसिक सन्तुलन गुम्छ,” नेपालले भने, “त्यसपछि ऊ बरबराउन थाल्छ । बरबराउने बेलामा के बोले होस् हुँदैन । यसबाट आत्तिनु पर्ने छैन ।उनले नेकपा एमाले परित्याग गर्ने लहर नै चलेको दाबी पनि गरेका छन् ।

आफूहरू आफ्नै शक्ति लगाएर अगाडि बढ्ने भन्दै उनले विचार मिल्नेसँग हातेमालो गरेर अघि बढ्ने बताए ।अध्यक्ष नेपालले एकल महिला, अपाङ्ता भएकालगायतलाई भत्ता दिने काम आफ्नो पालामा भएको पनि दाबी गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *