विदेशबाट नेपाल आउँदा खोप कार्ड वा पीसीआर रिपोर्ट भए पुग्ने


विदेशबाट नेपाल आउने यात्रुले अब कोभिडविरुद्धको पूर्ण मात्रा लगाएको खोप कार्ड वा पीसीआर रिपोर्टमध्ये एउटा देखाए पुग्ने भएको छ । बिहीबार एक विज्ञप्तिमार्फत अध्यागमन विभागले फागुन १६ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याएमा क्वारेन्टिन पनि बस्नु नपर्ने जनाएको हो ।

नयाँ व्यवस्थानुसार अब हवाई तथा स्थलमार्गबाट यात्रुहरू खोप कार्ड वा पीसीआर नेगेटिभको रिपोर्ट देखाए निर्वाध नेपाल आउन पाउने छन् । खोप लगाएको प्रमाणपत्र पेस गर्न नसक्ने यात्रुले ७२ घण्टाभित्रको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको प्रमाणपत्र देखाएमा समेत नेपाल प्रवेश पाउने छन् ।

नेपालबाट हवाई मार्ग भई अन्य मुलुक जाने यात्रुहरूका लागि गन्तव्य मुलुकको स्वास्थ्य प्रोटोकल सम्बन्धमा सम्बन्धित एयरलाइन्सले आफ्ना यात्रुहरूलाई जानकारी गराउनुपर्ने विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *