अभियानपछि मात्रै चुनावी तालमेलका बारेमा पार्टीले निर्णय गर्छ
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले ‘घरघर जाऔँ, नेपाली काँग्रेसलाई जिताऔँ’ अभियानपछि मात्रै चुनावी तालमेलका बारेमा पार्टीले निर्णय गर्ने बताएका छन्।
काठमाडौँको आलोकनगर शुक्रवार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले एक महिने अभियानपछि मात्रै कांग्रेसले चुनावी तालमेलका बारेमा निर्णय गर्ने बताएका हुन्।उनले भने( ‘आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको छ। एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ। एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्छ।’
सत्तारुढ पाँच दलीय गठबन्धन काँग्रेसले चाहेर मात्रै नभएको जिकिर गर्दै सिंहले परिस्थितिजन्य कारणले यो गठबन्धन बनेको बताए