नागरिक बचतपत्रमा अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने


नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्रको आवेदन अनलाइन प्रणालीमार्फत् पनि गर्न सकिने ब्यवस्था गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले नागरिक बचतपत्रको प्राथमिक बिक्री प्रक्रिया (दोस्रो संशोधन २०७८) जारी गर्दै अनलाइन प्रणालीमार्फत् पनि गर्न आवेदन गर्न सकिने ब्यवस्था गरेको हो ।

राष्ट्र बैंकका अनुसार इच्छुक खरीदकर्ताले नागरिक बचतपत्र खरीद गर्नको लागि अनुसूची-१ बमोजिमको दुई प्रति आवेदन फारम र अनुसूची-२ बमोाजिमको स्वघोषणा फारम भरी राष्ट्र बैंकको वेबसाइट अन्तर्गत Monetary Management भित्र रहेको अनलाइन प्रणाली मार्फत पेश गर्न सकिन्छ।

नागरिक बचतपत्र बिक्रीको लागि मौद्रिक व्यवस्थापन विभागबाट निश्चित अवधि तोकी बिक्री खुला गरिन्छ । खरीदकर्ताले सोही अवधिभित्र खरीदको लागि आवेदन दिनु पर्छ। जो कोहि नेपाली नागरिकले आवेदन दिन सक्छन् । राष्ट्र बैंकले बचतपत्रमा ब्याज प्रदान गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *