फिल्म ‘चिसो एष्ट्रे’को ट्रेलर सार्वजनिक,सकारात्मक प्रतिक्रिया बटुल्दै


चैत ४ गतेबाट सार्वजनिक हुने फिल्म ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक भएको छ ।काठमाडौंको कुमारी हलमा आयोजित एक औपचारिक कार्यक्रममा फिल्मको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।दिन्स पाल्पालीले निर्देशन गरेको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका रहेको छ ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दिन्स पाल्पालीले आफूले भूपि शेरचनको ‘चिसो एस्ट्रे’ शीर्षकको कविताबाट प्रभावित फिल्म तयार गरेको जानकारी गराए ।शंकर लामिछानेले विम्ब प्रतिविम्ब भन्ने लेखमा भूपिका कविताका बारेमा लेख्ने क्रममा भन्नु भएको छ, भूपिको लेखनको प्रभाव यो पुस्तामा मात्र होइन आउँदा धेरै पुस्तामा देखिन्छ । अब त्यो पुस्तामा म पनि परेँ,’ दिन्सको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *