राष्ट्रिय मानवअधिकार आयोगले स्थानीय तहको निर्वाचन अनुगमन गर्ने


राष्ट्रिय मानव अधिकार आयोगले आगामी २०७९ वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनको मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गर्ने भएको छ ।आयोगले बुधबार निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, पूर्वआयुक्त इला शर्मा, नागरिक समाजका डा गोपालकृष्ण शिवाकोटी, कला स्वर्णकार र राधिका रेग्मीसँग उक्त विषयमा छलफल गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार विद्यमान निर्वाचन कानूनको मानव अधिकारको दृष्टिकोणबाट पुनरावलोकन गरी संशोधनका लागि सुझाव दिनुपर्ने, समानुपातिक समावेशीता, लैङ्गिक समानता, मतदाता शिक्षा,अत्यधिक खर्चिलो निर्वाचनका विषयमा निर्वाचन आयोग र सरकारलाई सुझाव दिनुपर्ने विषयमा छलफल भएको थियो ।

त्यस्तै निर्वाचनको निष्पक्षता र स्वच्छता, भयरहित वातावरण, निर्वाचन आचारसंहिताको पालनालगायतका विषयमा अनुगमन गर्नुपर्ने र देशबाहिर रहेका नेपालीको मतदानको अधिकारका विषयमा निर्वाचन आयोग र सरकारलाई उपयुक्त सुझाव दिनुपर्ने धारणासमेत पूर्वआयुक्तले राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *