काठमाडौँ-रक्सौल रेलमार्गको अन्तिम रुट सर्वेक्षण शुरु


नेपाल र भारतबीचको मैत्री सम्बन्धको प्रतीकका रूपमा प्रस्तावित काठमाडौँ-रक्सौल रेलमार्गको अन्तिम रुट सर्वेक्षण शुरू भएको छ ।रेल विभाग वरिष्ठ इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारले सर्भेका लागि भारत सरकारले नेपालमा प्राविधिक टोली पठाइसकेको र सो टोलीले वीरगञ्जबाट सर्भेको काम शुरू गरेको जानकारी दिए ।

प्रवक्ता चित्रकारले नेपाल र भारतबीच भएको द्विपक्षीय समझदारीअनुसार काठमाडौँ-रक्सौल ब्रोडगेज रेल सेवा सञ्चालन गर्ने ‘फाइनल लोकेसन सर्भे’ शुरू भएको जानकारी दिए ।उनले भने, ‘‘भारत सरकारको स्वामित्वको कोँकण रेल-वे कर्पोरेसन लिमिटेड (केआरसीएल)का प्राविधिक फिल्डमा परिचालित भई सर्भे शुरू गरेका छन् ।अबको डेढ वर्षभित्र सर्भेको काम सम्पन्न हुनेछ ।’’

उनका अनुसार, समझदारीअनुसार सो रेलमार्गको सर्भे भारत सरकारले आफ्नै आर्थिक तथा प्राविधिक लगानीमा तयार गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *