कृषि कर्जामा तोकिएको लगानी पुर्‍याउनै हम्मेहम्मे


कृषिमा लगानी बढाउन नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई आफ्नो कुल कर्जामध्ये निश्चित प्रतिशत कृषिक्षेत्रमा लगानी गर्न अनिवार्य गरे पनि यो प्रावधान पूरा गर्न बैंकहरूलाई हम्मे परेको छ ।राष्ट्र बैंकले गत आर्थिक वर्ष (आव) को मौद्रिक नीतिमा वाणिज्य बैंकहरूलाई आफ्नो कुल कर्जाको १५ प्रतिशत कृषिमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको थियो ।
उक्त व्यवस्था पालना गर्न राष्ट्र बैंकले तालिका बनाएरै लक्ष्य निर्धारण गरिदिएको छ । तर, बैंकहरूले तोकिएको लक्ष्यअनुसार कर्जा प्रवाह गर्न सकेका छैनन्।राष्ट्र बैंकले बैंकहरूलाई कृषिकर्जा १५ प्रतिशत पुर्‍याउन २०८० असार मसान्तसम्मको समय दिएको छ । २०७८ असार मसान्तसम्ममा ११ प्रतिशत, २०७९ असारसम्ममा १३ प्रतिशत पुर्‍याउनुपर्ने गरी लक्ष्य निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *