कम्युनिष्ट पार्टीका नेताहरुले अब डबल स्ट्यान्डर्ड छाड्नुपर्छ


कांग्रेस महामन्त्री गगन थापाले एमसीसीमा संसदमा मतदान हुने बेलासम्म अहिले विरोधमा रहेका दलहरू एमसीसीको पक्षमा आइसक्ने दाबी गरेका छन् ।
संसद बैठकमा सहभागी भएर फर्किने क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै आगामी बैठकमा एमसीसी अनुमोदन हुने विश्वास व्यक्त गरेका थापाले भने, ‘टेबुल भएर छलफल भएर पास गर्ने बेलासम्म अहिले विरोध गर्ने दलहरू मतदान गर्ने अवस्थामा आइपुग्छन् ।
नाराबाजीका बीचमा पनि छलफल हुन्छ र मतदानमा जान्छ,’ थापाले भने, ‘नाराबाजीका बीच पनि छलफल हुँदोरहेछ भन्ने आजको बैठकले प्रमाणित गरेको छ । संसद अवरोध गरिरहेको एमालेका नेताहरू पनि बैठकमा छलफलमा भाग लिएका छन् ।’

कम्युनिष्ट पार्टीका नेताले आफैंले तयार गरेको प्रस्ताव अहिले संसदमा प्रस्तुत भएपछि अब भने डबल स्ट्यान्डर्ड छाड्नुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *