जीवन विकास लघुवित्तको बम्पर लाभांश घोषणा
जीवन विकास लघुवित्तले बम्पर लाभांश घोषणा गरेको छ। कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत नगद लाभांश गरि कुल ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।