भारतीय डकुमेन्ट्री फिचर ‘राइटिङ विथ फायर’अस्कर अवार्डको उत्कृष्ट पाँचमा


९४औँ अस्कर अवार्डको अन्तिम मनोनयन सूची सार्वजनिक भइसकेको छ। जुन सूचीमा भारतको डकुमेन्ट्री फिचर ‘राइटिङ विथ फायर’ परेको छ। यो उत्कृष्ट वृत्तचित्र फिचर विधामा प्रतिस्पर्धा गर्न अन्तिम पाँचको सूचीमा परेको हो।सुष्मित घोष र रिन्टु थोमसले निर्देशन गरेको डकुमेन्ट्री पत्रकारिताको विषयवस्तुमा आधारित छ। यसमा कसरी दलित महिलाको सहयोगमा निस्किएको ‘खबर लहरिया’ पत्रिकाको शुरु गरिएको थियोरु र पत्रिकालाई डिजिटल माध्यममा ल्याउन दलित महिलाले भोग्नुपरेको कठिनाइलाई वृत्तचित्रमा देखाइएको छ।

यस डकुमेन्ट्रीले हालसम्म अन्तर्राष्ट्रियस्तरमा २० भन्दा बढी अवार्ड प्राप्त गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *