कांग्रेस पदाधिकारी बैठक, मुख्य एजेण्डा स्थानीय चुनाव र भातृ संगठनको पूर्णता


नेपाली कांग्रेसले बिहीबार हुने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा स्थानीय तहको निर्वाचन र बाँकी जिल्ला अधिवेशनलाई छलफलको एजेण्डा बनाउने भएको छ।

प्रवक्ता प्रकाशशरण महतका अनुसार भातृ तथा शुभेच्छुक संस्थाको पूर्णता र गतिशीलताको विषयलाई पनि एजेण्डा बनाउने विषयमा पदाधिकारीबीच छलफल भएको छ।

‘भोलिको कार्यसम्पादन समितिको बैठकको सम्बन्धमा छलफल भयो। हामीले बिफ्र गरेका छौँ।
कार्यसम्पादन समितिमा स्थानीय निर्वाचनमा कसरी परिचालन हुने, १६ जिल्लाको स्थगित अधिवेशनलाई कसरी अघि बढाउने, भ्रातृ संस्थालाई कसरी पूर्णता दिने र गतिशील बनाउने विषयमा पदाधिकारीहरूबीच भएको छ,” प्रवक्ता महतले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *