५०.५ प्रतिशतले बढ्यो महिला लघुवित्तको नाफा
चालु आर्थिक वर्ष ७८/७९ को दोस्रो त्रैमासमा महिला लघुवित्तको खुद नाफा ५०.५ प्रतिशतले बढेको छ । कम्पनीले आघिल्लो आर्थिक वर्षको यहि अवधिमा ५ करोड ४३ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुदनाफा बढेर ८ करोड १८ लाख पुगेको हो ।
कम्पनीको ९ करोड राइट ब्याकपछि संचालन मुनाफा घटे पनि खुद नाफा भने बढेको हो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४६.९६ प्रतिशतले बढेर १४ करोड ४९ लाख पुगेको छ ।
कम्पनीको सापटी २९.९ प्रतिशतले बढेर २ अर्ब ४४ करोड पुगेको छ भने कम्पनीको कर्जा प्रवाह ३८.९४ प्रतिशतले बढेर ३ अर्ब ९१ करोड पुगेको छ । त्यस्तै निक्षेप ४३.५७ प्रतिशतले बढेर १ अर्ब १२ करोड पुगेको छ ।