मानुषी लघुवित्तले कमायो रू.१ करोड ५१ लाख भन्दा बढी नाफा


मानुषी लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ५१ लाख भन्दा बढी नाफा कमाएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ४६ लाख ५५ हजार नोक्सानीमा रहेको थियो ।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले सम्भावित जोखिम बापतको ब्यवस्थामा कम रकम छुट्याउदा सञ्चालन नाफा वृद्धि भई नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा सम्भावित जोखिम बापतको ब्यवस्थामा रू. २ करोड ९ लाख छुट्याएकोमा चालु आवको सोही अवधिमा रू. ८ लाख ९६ हजार छुट्याएको थियो ।कम्पनीको चुक्ता पूँजी रू. १० करोड ९३ लाख रहेको छ भने जगेडामा रू. ४ करोड ८१ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४९ करोड २३ लाख सापटि लिएर,रू. ७१ करोड ३ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ३२ करोड कर्जा लगानी गरेको हो ।

गत आवको दोस्रो त्रैमासमा कम्पनीको निष्क्रिय कर्जा १३ दशमलव ०३ प्रतिशत रहेकोमा चालू आवको सोही अवधिमा घटेर ३ दशमलव ६९ प्रतिशतमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *