स्थानीय तहको निर्वाचन कुनै बहानामा पनि सार्न हुँदैन : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले निर्वाचन आयोगसँग छलफल गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।
निर्वाचन आयोगको तयारीबारे छलफल गरी सरकारले निर्वाचनको मिति तय गर्नुपर्ने नेता कोइरालाको सुझाव छ ।सरकारले निर्वाचनबारे सत्ता गठबन्धनसँग नभइ निर्वाचन आयोगसँग छलफल गर्नुपर्ने उनले सुझाए ।विराटनगरस्थित कोइराला निवासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सरकारले आवश्यकता अनुसार सही तरिकाले काम गर्नुपर्ने पनि बताए ।उनले भने, ‘ऐन-कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुन्न । गठबन्धन दलसँग भन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुन्छ ।’