ग्लोबल आइएमई बैंकको खुद नाफा १५ प्रतिशतले बढ्यो,अन्य सूचक कस्तो ?


चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आईएमई बैंकको खुद नाफा १५.०३ प्रतिशतले बढेर २ अर्ब ६६ करोड पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४८ करोड रहेको छ ।

समिक्षा अवधिमा बैंकको संचालन मुनाफा १३.५६ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड पुगेको छ भने खुद ब्याज आम्दानी ०.५० प्रतिशतएल बढेर ४ अर्ब ७९ करोड पुगेको छ । बैंकको अन्य संचालन आम्दानी २२६.४७ प्रतिशतले बढेर ३४ करोड २० लाख पुगेको छ ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २२.३९ रुपैयाँ , पीई रेसियो १५.२३ गुणा, र प्रति शेयर नेटवर्थ १४४.९७ रुपैयाँ रहेको छ ।२३ अर्ब ७९ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ९ अर्ब २१ करोड रहेको छ । यस अवधिमा बैंकको निक्षेप १.२९ प्रतिशतले बढेर २ खर्ब ७१ अर्ब पुगेको छ भने कर्जा प्रवाह १२.१४ प्रतिशतले बढेर २ खर्ब ५६ अर्ब पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *