छ महिनामा १ अर्ब ६७ करोड नाफा कमायो प्राइम कमर्सियल बैंकले


प्राइम कमर्सियल बैंककले चालू आवको छ महिना(दोस्रो त्रैमास) को वितीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार चालू आवको दोस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रू.८८ करोड ९६ लाख १२ हजार रहेको छ । एनएफआरस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको मुनाफाबाट विभिन्न शिर्षकमा छुट्याएपछिको नाफानै वितरणयोग्य नाफा हो ।

कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. १ अर्ब ६७ करोड ८५ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा भने ७ प्रतिशत घटेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ अर्ब ८१ करोड ३३ लाख २९ हजार नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा कमि आएकाले नाफा घटेको हो ।

कम्पनीको चुक्ता पूँजी रू. १८ अर्ब ६५ करोड ६३ लाख रहेको छ भने कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा जगेडामा रू. ५ अर्ब ९५ करोड २२ लाख ९१ हजार र रिटेण्ट अर्निङमा रू. ९३ करोड ३९ लाख ५५ हजार सञ्चित गरेको छ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ९९, मूल्य आम्दानी अनुपात २० दशमलव ६७ गुणा,तरलता अनुपात १८ दशमलव ७१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३६ दशलमव ९१ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *