प्रचण्डले थाले राजनीतिक भेटघाट, देउवासँग स्थानीय निर्वाचनबारे छलफल


प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आज विहान ९ देखि १० बजेसम्म भएको भेटवार्तामा राष्ट्रियसभा निर्वाचनदेखि अन्य निर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।

प्रधनमन्त्री र प्रचण्डको छलफलपछि सरकार संचालन उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक डाकिएको छ । “प्रधानमन्त्रीज्यू र अध्यक्षकमरेडबीच धेरै विषयमा छलफल भएको छ,” माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले भने, “कतिपय तत्काल निर्णय गर्नुपर्ने विषय पनि होलान् । त्यसका लागि भोलिका लागि सरकार संचालन उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाइएको छ ।” उच्चस्तरीय राजनीतिक समितिको बैठक विहान ९ बजे बालुवाटारमा बस्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *