किसान लघुवित्तको लाभांश घोषणा


किसान लघुवित्तले लाभांश घोषणा गरेको छ।यो कम्पनी साविकको एनआरएन लघुवित्त हो । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने ९ करोड ८२ लाख २ हजार १ सय ९४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ३९ करोड २८ लाख ८ हजार ७ सय ७५ रुपैयाँ २५ पैसा रहेको छ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *