अझै दुईहप्ता कोरोना उकालै लाग्ने विज्ञको भनाई ,सरकारले भीडभाड हुने सबै कार्यक्रम रोक्ने


विज्ञहरुले अझै दुईहप्ता कोरोना संक्रमणको दर उकालै लाग्ने बताएका छन् । उनीहरुले संक्रमणको दर अझै उकालो लाग्ने भएकाले सचेत रहन आग्रह गरेका छन् ।

इपिडिमियोलोजिष्ट डा. विराज कर्माचार्यले अबको दुईहप्ता निरन्तर उकालो लाग्ने अनुमान गरिएको बताए । त्यसपछि भने विस्तारै कम हुने अनुमान गरिएको छ ।

“अबको दुईहप्ता निरन्तर उकालो लाग्छ, त्यसपछि विस्तारै क्रमसँगै घट्छ,” उनले भने, “दैनिक कतिसम्म पुग्न सक्छ भन्न सकिन्न तर संख्यामा भन्दा पनि दरचाहिँ बढ्छ । अबको एक महिनाजति समस्या नै हुन्छ ।”स्वास्थ्य सचिव रोशन पोखरेलले अहिले ३५ प्रतिशत पोजेटिभ दर देखिएको बताए ।

सचिव रोशन पोखरेलले खोप अभियानलाई तिव्रता दिइएको र तेस्रो डोजको पनि सुरुवात गरिसकेको जानकारी दिए । उनले नेपाल भारत खुला सिमाना रहेकाले पनि नेपालमा कोरोना संक्रमितको संख्या बढेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *