बढ्यो सुनको भाउ कति पुग्यो तोलामा?


आज सोमबार सुनको भाउ बढेको छ । आइतबार तोलाको ९२ हजार ४ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ सयले बढेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँ पुगेको छ ।

तेजाबी सुनको भाउ पनि तोलामा १ सयले नै बढेर प्रतितोला ९२ हजारमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको १२ सय ५५ रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ३०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७८ हजार ८७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १ हजार ७६ रुपैयाँ कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *